तसलीमा नसरिनका लेखहरु :
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
२५ श्रावण, २०८३, सोमवारमैले कुनै अपराध गरेकी थिइनँ। कुनै अदालतले मलाई निर्वासनको सजाय दिएको थिएन। तर कट्टरपन्थीहरूको धम्कीको मूल्य मैले नै चुकाउनुपर्यो—आफ्नो घर, आफ्नो सहर, आफ्ना पाठक र आफ्नो सामान्य जीवन गुमाएर।