हुम्ला र बाजुराको सीमामा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो विशेष समिति

१० जेठ, २०८३, आइतवार
सारांश
  • गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गर्ने निर्णय गरेको हो । मन्त्रालयले टोलीलाई तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ ।

काठमाडौँ: हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा विशेष समिति गठन गरेको छ ।

 

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गर्ने निर्णय गरेको हो । मन्त्रालयले टोलीलाई तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ ।

 

घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय बन्दै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विशेष टोली परिचालन गरिएको पनि मन्त्रालयले जनाएको छ । सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति लागू गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्ति कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

 

विवादको स्थायी समाधानका लागि जनप्रतिनिधि र सरोकारवाला निकायसँग निरन्तर समन्वयात्मक बैठक गर्दै पहल अगाडि बढाइएको पनि मन्त्रालयले उल्लेख गरेको छ । गृह मन्त्रालयले सीमा क्षेत्रमा शान्ति कायम राख्न र नागरिकको जीउधनको सुरक्षा गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको जनाउँदै दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ ।

 

यसअघि आजै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार