- पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको खोलाघर खाली गर्ने कार्य आजदेखि सुरु भएको छ । खोलाघरको सीमाभित्र परेका अस्थायी तथा स्थायी सबै संरचना हटाउने अभियान अघि बढाइएको हो ।
पोखरा, १० जेठ । पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको खोलाघर खाली गर्ने कार्य आजदेखि सुरु भएको छ ।
खोलाघरको सीमाभित्र परेका अस्थायी तथा स्थायी सबै संरचना हटाउने अभियान अघि बढाइएको हो । २०८० साल आषाढमा गरिएको प्राविधिक नापजाँचपछि गाडिएका खम्बाका आधारमा सीमांकन गरिएको क्षेत्रभित्र बनेका सबै प्रकारका संरचना हटाइने महानगरले जनाएको छ ।
महानगरले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यकरणलाई ध्यानमा राख्दै यो अभियानमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ । सरोकारवाला निकाय, नागरिक समाज, राजनीतिक दल, सामाजिक संघसंस्था, टोल विकास समिति, आमा समूह, युवा क्लब, सुरक्षा निकायलगायत सम्पूर्ण नगरवासीलाई सहयोगका लागि पोखरा महानगरपालिकाले हार्दिक अपिल गरेको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार फिर्केखोलाको दायाँ–बायाँ धेरै स्थानमा उत्तर–दक्षिण सडक रहेकाले मोटरेबल करिडोरभन्दा फुट ट्रेल, साइकल लेन, बिहान र साँझ हिँड्ने पैदल मार्ग तथा आकर्षक घुमफिर स्थलका रूपमा विकास गर्नु उपयुक्त हुने विज्ञहरूको सुझावपछि यस्तो निर्णय गरिएको हो ।
उनका अनुसार लामो छलफलपछि खोलाघरको १० मिटर मापदण्ड घटाएर ६ मिटर कायम गरिएको छ । अब फिर्केखोलालाई प्राकृतिक रूपमा बग्न दिने र त्यसलाई व्यवस्थित रूपमा संरक्षण गर्ने अभियानमा सबै पक्षको साथ रहने अपेक्षा महानगरले गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रूपनगर क्याम्पसमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयमा अन्तर्क्रिया सम्पन्न
-
हुम्ला र बाजुराको सीमामा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो विशेष समिति
-
पोखराको फिर्केखोला आसपासमा चल्यो डोजर
-
ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल' को घोषणा
-
रुसको युक्रेनमाथि हाइपरसोनिक मिसाइल आक्रमण
धेरै पढिएको
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।