रुसको युक्रेनमाथि हाइपरसोनिक मिसाइल आक्रमण

१० जेठ, २०८३, आइतवार
सारांश
  • शनिबार-आइतबारको मध्यरातमा भएका विस्फोटका कारण राजधानी क्षेत्रमा लगातार धमाका सुनिएको थियो । आवासीय भवन तथा विद्यालयहरूमा समेत क्षति पुगेको रिपोर्ट आएको छ ।

काठमाडौँ: रूसले युक्रेनमाथि ठूलो स्तरको हमला गरेको छ । रूसले सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार राजधानी किभ मुख्य लक्ष्यमा थियो, तर अन्य क्षेत्रहरू पनि आक्रमणबाट प्रभावित भएका छन्। हमलामा कम्तीमा ८३ जना घाइते भएका छन् भने किभ र आसपासका क्षेत्रमा चार जनाको मृत्यु भएको बताइएको छ ।
 

शनिबार-आइतबारको मध्यरातमा भएका विस्फोटका कारण राजधानी क्षेत्रमा लगातार धमाका सुनिएको थियो । आवासीय भवन तथा विद्यालयहरूमा समेत क्षति पुगेको रिपोर्ट आएको छ ।
 

रूसको रक्षा मन्त्रालयले भने युक्रेनमाथिको आक्रमणमा ‘ओरेश्निक’ हाइपरसोनिक मिसाइल प्रयोग गरिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार यी हमला युक्रेनले नागरिक पूर्वाधारमा गरेको आक्रमणको जवाफमा गरिएको हो ।
 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले शुक्रबार स्टारोबिल्स्क शहरस्थित एक छात्रावासमा गरेको आक्रमणमा २१ जनाको मृत्यु भएको आरोप लगाएका छन् । तर युक्रेनको सेनाले भने उक्त स्थानमा गरिएको आक्रमण रूसको विशेष सैन्य इकाइलाई लक्षित गरिएको दाबी गरेको छ । यसैबीच, जेलेन्स्कीले रूसले ठूलो आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका थिए । त्यसपछि नै यो व्यापक हमला भएको हो ।
 

‘ओरेश्निक’ मिसाइललाई ध्वनिको गति भन्दा करिब १० गुणा छिटो चल्ने क्षमतायुक्त हतियार, जसलाई रोक्न अत्यन्त कठिन हुने बताइन्छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार