रूपनगर क्याम्पसमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयमा अन्तर्क्रिया सम्पन्न

२०८३ जेठ १० आईतवार
सारांश
  • कानूनी साक्षरताका लागि 'न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया' विषयमा आज यहाँ एउटा अन्तर्क्रिया आयोजन गरियो ।

सप्तरी, १० जेठ । कानूनी साक्षरताका लागि 'न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया' विषयमा आज यहाँ एउटा अन्तर्क्रिया आयोजन गरियो ।

 

सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको काम गर्ने प्रक्रिया, विपन्नलाई निशुल्क न्याय सेवाको उपलब्धता लगायत विषयमा जानकारी दिए ।

 

सोही अदालतका श्रेस्तादार श्यामहरि अधिकारीले अदालतले दिने न्याय, त्यसका प्रक्रिया, विभिन्न निकाय र संस्था तथा नागरिकको भूमिका आदि विषयमा कार्यपत्र प्रस्तुत गरे ।

 

सप्तरी जिल्ला अदालतका न्यायाधीशहरू मोहन बहादुर अधिकारी, दीपक धिताल, बाबुराम भट्टराई, गोकुल पन्त र महेन्द्र प्रसाद पौडेलको समेत सो कार्यक्रममा उपस्थिति थियो । विद्यार्थी, अभिभावक र अन्य सहभागीले अदालती प्रक्रिया, न्यायमा ढिलाइ, नागरिकले पाइराखेको सास्ती, युवा वर्गको भूमिका लगायत विषयमा न्यायाधीशहरूलाई प्रश्न गरेका थिए । मुख्य न्यायाधीश घिमिरेले ती प्रश्नहरूको जवाफ दिएका थिए ।

 

रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थी, अभिभावक, शिक्षक, अधिवक्ता, राजनीतिज्ञ, समाजसेवी, पत्रकार लगायतको उपस्थिति तथा छलफलमा सक्रिय सहभागिता रहेको कार्यक्रम सञ्चालन नरबहादुर खड्काले गरेका थिए ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार