पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग नजिक आत्मघाती विस्फोट, ३० जनाको मृत्यु

१० जेठ, २०८३, आइतवार
सारांश
  • बलुचिस्तान सरकारका गृह मामिला सम्बन्धी विशेष सहायक बाबर युसुफजईले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन् । उनले सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन् । हालसम्म कुनै समूहले हमलाको जिम्मेवारी लिएको छैन । तर सुरक्षा निकायले यसलाई आतंकवादी हमला मानेर अनुसन्धान अघि बढाइरहेको छ ।

काठमाडौँ: पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा शहरमा आइतबार रेलमार्ग नजिक भएको आत्मघाती विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । विस्फोटको चपेटामा जाफर एक्सप्रेस परेको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।

 

चमन फाटक नजिक भएको शक्तिशाली विस्फोटका कारण रेलका धेरै डिब्बा लिकबाट बाहिरिएका थिए । घटना हुँदा रेल क्वेटा क्यान्टतर्फ गइरहेको बताइएको छ । विस्फोटसँगै रेलमार्ग आसपास आगलागी भएको थियो । त्यसपछि दमकल, प्रहरी, उद्धार टोली तथा सुरक्षा निकाय घटनास्थल पुगेका थिए र उद्धार तथा राहत कार्य सुरु गरिएको थियो । प्रहरीका अनुसार विस्फोटको प्रभावले आसपासका भवनका झ्यालका सिसासमेत फुटेका छन् । सुरक्षा निकायले क्षेत्रलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

बलुचिस्तान सरकारका गृह मामिला सम्बन्धी विशेष सहायक बाबर युसुफजईले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन् । उनले सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन् । हालसम्म कुनै समूहले हमलाको जिम्मेवारी लिएको छैन । तर सुरक्षा निकायले यसलाई आतंकवादी हमला मानेर अनुसन्धान अघि बढाइरहेको छ ।

 

बलुचिस्तान हुँदै सञ्चालन हुने यो रेलमार्ग क्षेत्रमा बलुच लिबरेशन आर्मीको प्रभाव रहेको बताइन्छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार