- अमेरिकाको ह्वाइट हाउस नजिक भएको गोलीकाण्डपछि अमेरिकी राजधानी क्षेत्रमा ठूलो सुरक्षा सतर्कता अपनाइएको छ । घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको जनाइएको छ ।
एजेन्सी, १० जेठ । अमेरिकाको ह्वाइट हाउस नजिक भएको गोलीकाण्डपछि अमेरिकी राजधानी क्षेत्रमा ठूलो सुरक्षा सतर्कता अपनाइएको छ । घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको जनाइएको छ ।
रिपोर्टअनुसार एक संदिग्ध व्यक्तिले ह्वाइट हाउस नजिकको सुरक्षा जाँच चौकीमा पुगेर करिब ३० राउन्ड गोली चलाएको थियो । त्यहाँ अमेरिकी सिक्रेट सर्भिसका सुरक्षाकर्मी तैनाथ थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारी घाइते भएका थिए । उनलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।घटनामा एक सर्वसाधारण नागरिक पनि गोली लागेर गम्भीर घाइते भएका छन् । उनलाई आक्रमणकारीको गोली लागेको वा जवाफी फायरिङका क्रममा घाइते भएको भन्नेबारे अझै स्पष्ट भइसकेको छैन ।
गोलीकाण्डपछि ह्वाइट हाउस परिसरमा तनावको माहोल बनेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । त्यहाँ रहेका पत्रकार र कर्मचारीलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो । सशस्त्र सिक्रेट सर्भिस एजेन्टहरूले सम्पूर्ण क्षेत्र नियन्त्रणमा लिएका थिए भने करिब ४० मिनेटसम्म लकडाउनजस्तै अवस्था बनेको थियो ।
एफबीआई, सिक्रेट सर्भिस तथा अन्य सुरक्षा निकायले घटनास्थल घेरा हालेर अनुसन्धान सुरु गरेका थिए भने ह्वाइट हाउसको नर्थ लन खाली गराइएको थियो । एफबीआई निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत सुरक्षा निकायले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् ।
सिक्रेट सर्भिसले सामाजिक सञ्जाल एक्समार्फत १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभेन्यु क्षेत्रमा गोली चलेको सूचना प्राप्त भएको जनाएको छ । उक्त क्षेत्र ह्वाइट हाउसबाट करिब एक ब्लक टाढा पर्छ ।
यस घटनाभन्दा केही दिनअघि मात्रै ट्रम्पकी छोरी इभान्कालाई हत्या धम्की दिइएको थियो । त्यस प्रकरणमा इराकी मूलका एक युवक पक्राउ परेका थिए । उनी इरानी सेनासँग सम्बन्धित रहेको दाबी गरिएको थियो । पक्राउ परेका व्यक्तिसँग इभान्का र उनका पति जारेड कुशनरको फ्लोरिडास्थित घरमा रहेका थिए ।
यसअघि पनि वासिङ्टन डिसीमा आयोजित वार्षिक ह्वाइट हाउस संवाददाता रात्रिभोजका क्रममा गोली चलेको थियो । कार्यक्रममा राष्ट्रपति ट्रम्प, उनकी पत्नी मेलानिया तथा उपराष्ट्रपति जेडी भान्ससहित उच्च अधिकारी सहभागी थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रूपनगर क्याम्पसमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयमा अन्तर्क्रिया सम्पन्न
-
हुम्ला र बाजुराको सीमामा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो विशेष समिति
-
पोखराको फिर्केखोला आसपासमा चल्यो डोजर
-
ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल' को घोषणा
-
रुसको युक्रेनमाथि हाइपरसोनिक मिसाइल आक्रमण
धेरै पढिएको
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।